अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

आफूले लेखेको गीतमा नेकपा नेता वामदेव गौतमको मोडलिङ

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:४८ मा प्रकाशित

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम म्युजिक भिडियोमा देखिनुभएको छ । उहाँ आफैंले लेख्नुभएको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतमा उहाँ आफैले अभिनय गर्नुभएको हो । राष्ट्रप्रेम दर्शाइएको यस गीतमा संगीतकार शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ भने मनोहर सुनामको एरेञ्ज रहेको छ । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो आज यूट्यूबबाट रिलिज गरिएको छ । यस्तै गौतमले रचना गर्नुभएका ४३ वटा गीतहरुको संकलन गरेर गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । उहाँका गीतहरुमा सामाजिक, सांस्कृतिक तथा राष्ट्रप्रेमको भाव झल्किन्छ ।

प्रतिक्रिया