अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:४२ मा प्रकाशित

सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।गएको साउन १ गते पहिलोपटक एकजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्मीको संख्या १२ पुगेको हो ।

संक्रमितमध्ये तीनजना सफाइ कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेका धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका तीमध्ये दुईजनाले कोरोनालाई जितेको र बाँकी १० जनाको उपचार भइरहेको उहाँले बताउनुभयो । संक्रमित १२ जनामा ११ महिला र एकजना पुरुष हुन् ।

प्रतिक्रिया