अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न निर्देशन

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:५५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।गएको सोमबार बसेको मन्त्रालयको ‘कोभिड(१९ इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले लक्षण नभएका र सामान्य स्वास्थ्य अवस्था भएकाहरुलाई १० दिनमा परीक्षण गरी घर पठाउने तर ‘पोजिटिभ’ देखिएकाहरुलाई थप चार दिन अस्पतालमा राखी १४ दिनको दिन परीक्षण नै नगरी घर पठाउन भनेको हो ।

अस्पतालहरुले १४ दिन बढी राखे भने मन्त्रालयले सोधभर्ना नदिनेसमेत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू