अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 17:35

काठमाडौंमा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:५० मा प्रकाशित

काठमाडौं उपत्यका स्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् । हिजो दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो । यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू