अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

महाकवि देवकोटा सङ्ग्राहलयको परियोजना प्रतिवेदन बनाउन प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७७ भदौ ८ गते ६:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जमा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्राहलयको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले यस्तै आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिनुभयो ।

भेटमा साथमै रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिनुभयो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्राहलय बनाइने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू