गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कास्कीमा १६, नवलपुरमा ३, तनहुँमा २, स्याङजाका २ र बागलुङका १ जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ हजार ८६८ पुगेको छ।
डा. शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ५९२ जना निको भएर घर फर्किएका छन्। कोरोनाका कारण अहिलेसम्म प्रदेशमा ७ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशका ९ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहँदा आइसोलेशनमा २४७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यसैगरी क्वारेन्टिनमा रहेनेको संख्या १ हजार ८४ जना रहेको छ । त्यसैगरी भारतबाट १२ हजार ९ सय १५ र तेस्रो मुलुकबाट ६ हजार १ सय ९८ गरी जम्मा १९ हजार १ सय १३ जना प्रदेशमा भित्रिएको तथ्याङ्क छ।