अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५
| Colorodo: 09:10
काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञामा प्रहरीले निकै कडार्ई गरेको छ । निषेधाज्ञा जारी भगएपछि उपत्यकामा अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान रहेका छन् । काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन् । आज निषेधाज्ञाको अवज्ञा गर्ने १ हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।
प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरु पक्राउ परेको हुन् । निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई दुई घन्टा सडकमा उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । काठमाडौंका तीनै जिल्ला प्रशासनले बुधबार मध्यरातबाट उपत्यकाभर एक साताका लागि निषेधाज्ञा लगाएका छन् ।