अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४
| Colorodo: 17:39
अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप २ जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको जनाइएको छ ।
बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको छ । बगेका ५ जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो ।
सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ । अहिलेसम्म ६ जनाको शव फेला परेको र १५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।