अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

नेपालको राष्ट्रिय झण्डा जलाउन संलग्न एक जना पक्राउ, भिडियो शेयर गर्ने पनि पक्राउ पर्ने

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:३० मा प्रकाशित

नेपालको राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ ।राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ ईसाक लिम्वुलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्रेको जनाइएको छ ।भिडिओका गायक भने गेल्जङ दोर्जे तामाङ हुन् र उनलाई प्रहरीले खोजिरहेको छ । सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो जसमा भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् ।

चौतर्फी विरोध भएपछि अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले एक जनालाई पक्रेको हो ।म्युजिक भिडिओ भने मकवानपुरको बागमति गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ । प्रहरीले भिडिओ शेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजायँ, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू