अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

मृत्युको संवेदनशीलतामा खेलाँची नगरौँ – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:१८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तर मृतकका परिवारले नै शव लिन नमानेपछि बाध्य भएर सरकारले नै मापदण्डअनुसार शव व्यवस्थापन गर्ने गरेको गौतमले बताउनुभयो । प्रवक्ता गौतमले मृत्यु कसैका आफन्तका लागि संवेदनशील समय भएकोले त्यसको ख्याल गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । शव व्यवस्थापनको फोटो, भिडियो खिचेर अनर्थ लाग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्ययममा आउने गरेको भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । गोपनीयताको अधिकारको सम्मान गर्न पनि प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू