अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:२२ मा प्रकाशित

क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि विद्यार्थीले प्रदर्शन गरेका हुन् ।कोभिड–१९ का कारण परीक्षा लिन सम्भव नभएपछि विश्वविद्यालयले शिक्षकले गरेको मूल्यांकनको आधारमा ‘ग्रेड’वृद्धि गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुुसार नेपालका ‘ए’ लेभल कोर्ष पढाउने कलेजहरुले विद्यार्थीको मूल्यांकन गरी पठाएका थिए ।तर, विश्वविद्यालयले पठाएको नतिजा र कलेजले पठाएको प्राप्तांक फरक भएको भन्दै विद्यार्थीहरुले नतिजा पुनरावलोकनको माग गरेका छन् ।

नेपालमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘ए’ लेभल कोर्षको परीक्षा सञ्चालन, तालिम सञ्चालन तथा अनुगमन बिट्रिस काउन्सिलले गर्दै आएको छ । नेपालमा ५ हजारको हाराहारीमा ‘ए’ लेभलमा अध्ययनरत् विद्यार्थी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू