अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ६ हजार २ सयले घट्यो

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:०७ मा प्रकाशित

आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ । हिजो १ लाख एक१ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार २ सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारबाट यता सुनको मूल्य क्रमिक रुपमा ओरालो लाग्न सुरु गरेको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य बढेर १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।

यस्तै आजै चाँदीको मूल्य तोलामा २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी हालसम्मकै उच्च १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा यतिबेला सुन १८ सय ९१ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू