अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

चितवन मेडिकल कलेजमा ५ केजीको बच्चा जन्मियो

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:४४ मा प्रकाशित

भरतपुरस्थित चितवन मेडिकल कलेजमा ५ केजीको बच्चा जन्मिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँचका लागि अस्पताल गएर तत्कालै भिडियो एक्स– रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने बताउका थिए ।

सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त शर्माले जानकारी दिनुभयो । डा. वन्दना खनाल, डा. प्रेक्षा सिंह र डा. रेनुका ताम्राकारसहितको टोलीले शल्यक्रिया गरेको थियो।

डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू