अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

भोलिसम्म वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३६ मा प्रकाशित

आज दिनभर वर्षा हुने अनुमान मौसमविद्ले गरेकाछन् । यो क्रम भोलिसम्म चल्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा देखिएकाले हिजोदेखि वर्षाको क्रम अलि बढेको हो । भोलिसम्म वर्षाको मात्रा अलि बढ्ने सम्भावना देखिएको छ ।

देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महााशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू