अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैँकको निर्देशन

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैँकले, बैँक तथा वित्तीय संस्थालाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखामा न्युनतम कर्मचारी मात्रै राखेर कार्य सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्क्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैँकले माताहतका निकायलाई अनुरोध गरेको बैँकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिनुभयो ।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलोपालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ । बैँक तथा वित्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयले पनि न्युनतम कर्मचारीबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैँकले भनेको छ । सङ्क्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू