अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

कोरोनाबाट जोगिन नागरिकमा सचेतनाको अभाव

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३४ मा प्रकाशित

काठमाडौँ लगायत मुलुकभरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि नागरिक भने यसबाट बच्नका लागि सचेत नरहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार २७ प्रतिशतले मास्क नै लगाउने गरेका छैनन् । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैँक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात, मठमन्दिरलगायतका सार्वजनिक स्थलमा अवलोकन विधिबाट अध्ययन गरिएको परिषद्ले जनाएको छ ।

४५ सय २ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क नलगाएको पाइयो । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए । मास्क लगाउने २७ सय ३ मध्ये सही तरिकाले मास्क लगाउनेको सङ्ख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू