अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

भदौ १५ पछि मात्र स्थल र हवाइ यातायात खोल्न प्रस्ताव

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३३ मा प्रकाशित

अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाइ उडान भदौ १ गतेदेखि यसअघि खोल्ने भनिए पनि नोबेल कोरोना भाइरसको सङ्क्रमण बढेसँगै तत्काल नखोल्न सिफारिस भएको छ । कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले यातायात र हवाइ उडान भदौ १५ गते यता नखोल्न सिफारिस गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

जनस्वाथ्यका मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ । सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गर्दै दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न भनेको छ ।

बैठकले कोरोना सङ्क्रमित २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैँक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णयसमेत गरेको छ । सीसीएमसीको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट मात्र गर्ने प्रस्ताव गरेको छ । यही साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू