अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

पोखरा महानगरपालिका १७ का कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालय सिल

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:१८ मा प्रकाशित

पोखरा महानगरपालिका २७ की एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । वडामा कार्यरत ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको वडाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि यही साउन ३० गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको सूचनाअनुसार पोखराको वडा नम्बर ५ र वडा नम्बर २७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबारमात्र प्रदेशमा कास्कीका २ जनासहित ८जनामा कोरोना पुष्टि भएको हो । तनहुँको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका २ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवै जनाको उमेर ३४ वर्ष रहेको छ । पर्वतको मोदी गाउँपालिकाका ५२ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिकाका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुरको गैँडाकोट नगरपालिका २ का ३२ वर्षीया महिला र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू