अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

भारत सरकारद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:४४ मा प्रकाशित

भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ । जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पुर्याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर दिएको हो । भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पु¥याउन भारत प्रतिवद्द रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू