अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

विद्युत प्राधिकरणद्धारा घरायसी ग्राहकका लागि स्मार्ट मिटर जडान

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:४१ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ। घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान आजदेखि सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गर्नुभयो ।

यस्ता सिंगर फेजका ग्राहक देशभर हाल करिब ५० लाख भएको प्राधिकरणले जानकारी दिएको छ। यो मिटर जडान भएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन। यसबाट प्राधिकरणको सञ्चालन लागतमा कमी आउनसक्ने छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताउनुभयो ।
सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको मन्त्री बर्षमान पुनले बताउनुयो । स्मार्ट मिटर जडान भएपछि प्राधिकरणको फाइदामात्र नभएर समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना हुन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।

प्रतिक्रिया