अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

काठमाण्डौंको गोंगबुमा टुक्राटुक्रा अवस्थामा शव, टाउको सुटकेस भित्र भेटियो, सनाखत गर्न समस्या

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:०४ मा प्रकाशित

काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत गर्न समस्या परेको छ ।गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको हो । टाउको भने सुटकेस भेटिएको स्थानभन्दा तीन सय मिटर टाढा फेला परेको छ ।सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेर घटनाको अध्ययन गरी छानविनको प्रक्रिया अघि बढाएको छ । शवको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया