अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:२९ मा प्रकाशित

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका(४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका– ३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सिद्धार्थ नगरपालिका(४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भइरहेको छ । नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू