अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

जनता समाजवादी पार्टीको बैठक – कार्यसुचीमा छलफल जारी

बिआरटीनेपाल २०७७ साउन २३ गते ६:०२ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रह्यो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा वुधवारदेखि जारी बैठकमा आजका लागि तय गरिएको कार्यसूचीमा छलफल भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।यसअघि विहीबार बसेको बैठकले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै तय भएको कार्यसूचीमा केही परिर्वतन गरेको थियो ।

सुरुमा चार दिने प्रशिक्षण र बाँकी दुई दिन पार्टीको बैठक गर्ने कार्यसूची तय गरेको भएपनि कोरोना महामारीको बढ्दै गएको संक्रमणका कारण अब सुरुमै कार्यकारिणी समितिको बैठक गर्ने र बाँकी समय परिस्थिति हेरेर प्रशिक्षण कार्यक्रम गर्ने गरी कार्यसूची परिर्वतन गरिएको कार्यकारिणी समितिका एक सदस्यले जानकारी दिएका छन् ।

बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथी छलफल भइरहेको छ । यस्तै पार्टी समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन, आचारसंहिता र समसामयिक विषय पनि छलफलका मुख्य एजेण्डा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू