अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा बढी प्रहरी क्वरेण्टीनमा

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:४६ मा प्रकाशित

दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाण्डौ रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा बसेका छन् ।शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वरेण्टीनमा बसेका हुन् ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिनुभयो ।अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ ।

उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू