अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

उद्योग मन्त्री भट्टलाई टाउको काट्ने धम्की

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:२७ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको संसदीय समितिलाई जानकारी गराउनुभएको छ । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले एमसिसीको पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताउनुभएको हो ।

समितिमा नेटवर्किङ व्यवासयबारे छलफल गर्न बोलाइएको बैठक मन्त्री भट्टले एमसिसीको पक्षमा मतदान गरेमा बझाङबाट फोनमा टाउको काट्ने धम्की आएको बताउनुभयो । उहाँले समितिमा भन्नुभयो, ‘मलाई एउटा फोन आयो। तैले एमसिसी समर्थन गरिस् भने टाउको काटिन्छ भनेर। त्यो फोन बझाङ जिल्लाबाट आएको रहेछ।’

प्रतिउत्तरमा आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्ने धम्की आएको भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू