अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

प्रधानमन्त्री ओलीको विकल्प छैन– उद्योगमन्त्री भट्ट

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:२४ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताउनुभएको छ । केपी ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री रहेको र पार्टीले पनि सरकारलाई सहयोग गर्ने उल्लेख गर्दे उहाँले ओलकिो विकल्प नरहेको बताउनुभएको हो ।

काठमाण्डौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थु्र ’ हुनुपर्ने बताउनुभयो । पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै हल हुने मनत्री भट्टको विश्वास छ ।

स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको गर्दै तर केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाउनुभयो । एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू