अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

बिआरटीनेपाल २०७७ साउन १४ गते २३:४३ मा प्रकाशित

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट मालबाहक कन्टेनर त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर बिहीबार बिहान त्रिशूलीमा खसेर बेपत्ता भएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रकसँग ठाेक्किएकाे कन्टेनर त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्रकका चालक सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू