अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

पूर्वडीआईजी कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामा आईतबार सुनुवाई हुने

बिआरटीनेपाल २०७७ साउन १० गते ७:१७ मा प्रकाशित

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि भोली सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन भोली पेशीमा चढ्ने सर्वाेच्च अदालतले स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । यो मुद्दाको पेशी कुन न्यायाधीशको बेञ्चमा चढ्छ भन्ने भोली बिहान मात्रै टुंगो लाग्ने छ ।

प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र ईजलास दुवै उहाँले तोक्न भने मिल्दैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू