अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

पूर्वमाओवादीमा नेता थापा र भट्टले छाडे प्रचण्डको साथ

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:२६ मा प्रकाशित

सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो । दुबै खेमामा नेताहरु अदल बदलको संकेत मिलेको छ । माधव नेपाल, झनाथ खनाल, बामदेव गौतमहरु प्रधानमन्त्री केपी ओलीको विपक्षमा उभिँदा पूर्व माओवादीका रामबहादुर थापा र लेखराज भट्ट भने ओलीतिर निकट देखिनुभएको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार आफ्नो निवास खुमलटारमा बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यहरुको छलफलमा थापा र भट्ट अनुपस्थित रहनुले समीकरण फेरबदल देखिएको हो । प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी खेमाका नेताहरु भेला भए पनि उद्योगमन्त्री लेखराज भट्ट जानु भएन । प्रचण्ड निवास पुग्नुभएपनि गृहमन्त्री थापा भने काम छ भनेर निस्कनुभएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउने अभियान पार्टीभित्र जोडतोडले चलिरहँदा त्यहाँभित्रको आन्तरिक सत्ता समीकरणमा पनि नेताहरु तानातानमा परेका छन् । अध्यक्ष प्रचण्ड नेता नेपाललगायत ओलीलाई कसैगरी हटाउने अभियानमा हुनुहन्छ भने ओली कुनै हालतमा पद नत्याग्ने अडानमा हुनुहुन्छ ।

प्रचण्डले बोलाएको छलफल पूर्व माओवादी पक्षीय नेताहरुबीच ओलीसँग सम्झौता गरेर अघि बढ्ने कि नेपालको साथ लागेर ओालीलाई हटाउने भन्नेमा केन्द्रित रहेको जनाइएको छ । ओलीले आउँदो मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएपछि दाहाल अलमलमा परेको आशंका नेपाल–खनला पक्षले गरेको छ भने प्रचण्डले ओलीको प्रसतावमा आफ्नो समर्थन नरहेको प्रष्टीकरण नै दिनुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू