अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई सफलता – मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ साउन ३ गते ७:१३ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता मिलेको बताउनुभएको छ । गुल्मीको रेसुंगा नगरपालिकालाई शनिबार तम्घासमा पीसीआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सरकारले संक्रमितको संख्या बढीमा २०÷२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको दावी गनुृभयो । कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको उल्लेख गर्दै उहाँले अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको बताउनुभयो ।

लकडाउनपछि ३ लाख नेपाली भारतबाट स्वदेश आएको र ७ प्रतिशतलाई मात्रै संक्रमण देखा परेको मन्त्री ज्ञवालीको भनाई छ । सरकारले जारी गरेको लकडाउन, सतर्कताले मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उहाँले बताउनुभयो ।देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको मन्त्री ज्ञवालीको दाबी छ । पीसीआर परीक्षण दक्षिण एसियामै नेपालले उत्कृष्ट गरेकाले संक्रमतिको संख्या नबढेको र मृत्युदर संख्या कमी भएको ज्ञवालकिो दावी थियो ।

सरकारले जारी गरेको नियम सबै नेपालीले अनुशासनपूर्वक पूर्ण रुपमा पालना गरेकोले कोरोनाविरुद्धको लडाइँबाट सफलता प्राप्त भएको मन्त्री ज्ञवालीले बताउनुभयो । कोरोना नियन्त्रण भइनसकेकाले मास्क लगाएर हिँड्न, साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्न उहाँले सवैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू