अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

बनारसमा नेपालीको कपाल मुण्डन गर्नेविरुद्ध जाहेरी दर्ता

बिआरटीनेपाल २०७७ साउन २ गते ७:४५ मा प्रकाशित

प्रहरीले बनारसमा नेपालीको कपाल मुन्डन गर्ने व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेको छ। विश्व हिन्दु सेना संगठनमा आबद्ध अरुण पाठकविरुद्ध जाहेरी दर्ता भएको हो।सामाजिक सन्जालमा भाइरल बनेको एक भिडियोमा बनारसमा बसिरहेका एक नेपालीको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ। भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ।

ती व्यक्तिले चीनको इसारामा ओलीले ‘हाम्रा देविदेवताको अपमान गरिरहेको’ बोलेका छन्। नेपालका प्रधानमन्त्री ओलीलाई माफी माग्न भन्दै ती व्यक्तीले कपाल मुण्डन गरिएका व्यक्तिलाई नेपालविरुद्ध मुर्दावाद भन्न लगाएको सुनिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू