अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

सोती घटना छानबिन संसदीय विशेष समितिले बुझायो प्रतिवेदन

बिआरटीनेपाल २०७७ असार ३० गते ७:०९ मा प्रकाशित

रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । छानबिन समितिले मंगलबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकान्डबारे अध्ययन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।प्रतिनिधिसभाको गएको जेठ २६ गतेको बैठकले समिति गठन गर्दै घटनाको अध्ययन–अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिएको थियो ।

समितिले कार्यप्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन तयार गरी बुझाएको सभामुखको सचिवालयले जनाएको छ ।अन्तरजातीय विवाहसँग जोडिएको उक्त घटनामा जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जना मारिएका थिए ।

नवराजको सोतीकी एक किशोरीसित प्रेमसम्बन्ध भएको र आफ्नी प्रेमिकालाई लिन भनी गएका नवराजसहित १९ युवामध्ये छजनालाई मारेर भेरी नदीमा फालिएको दाबी केटापक्षको थियो ।घटनामा संलग्न भएको आरोपमा सोतीका वडाध्यक्षसहित ३४ जनाभन्दा बढी स्थानीयलाई प्रतिवादी बनाइ कर्तव्य ज्यान मुद्दा चलाइएको छ । घटनाको सर्वत्र आलोचना हुनेक्रममा सांसदहरुले संसदीय छानबिनको माग गरेपछि छानबिन समिति बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू