अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

देश तथा विदेशमा भानु जयन्ती मनाइँदै

बिआरटीनेपाल २०७७ असार २८ गते २३:३२ मा प्रकाशित

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ ।

उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्नुभएको हो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले अर्ती उपदेश दिएपछि रामायणलाई नेपालीमा रचना गर्न उहाँ प्रेरित हुनुभर्एको हो ।त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषी धेरै रहेका स्थानमा पनि मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू