अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

पार्टी दुर्घटनामा पर्न दिईदैन– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई दुर्घटनामा पर्न नदिईने बताउनुभएको छ । पार्टी भित्र विवाद रहेपनि एकता कायम राख्न आफुहरु प्रयासरत् रहेको उहाँले बताउनुभयो ।

चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागेको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको भन्दै हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्नेमा आफू सचेत रहेको उल्लेख गर्नुभयो ।

हतार गरेर कुनैखालका गतिविधि नगर्न कार्यकतालाई आग्रह गर्दै उहाँले एकताको पक्षमा दृढ भएर उभिने समय आएकोमा जोड दिनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू