अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

जनसंख्याको व्यवस्थापनलाइ सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री ढकालको भनाइ

बिआरटीनेपाल २०७७ असार २७ गते ६:२६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । २५ औँ विश्व जनसंख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनसंख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले जनसंख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याउनुभयो । देशको आधा हिस्सा भन्दा बढी संख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयमा राज्यले विशेष रूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पुर्याउन सकिने उहाँको भनाइ थियो । विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङक्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ ।

सन् १९८७ मा विश्वको जनसंख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित एक सय ७९ सदस्य राष्ट्रले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसंख्या ३ करोड नाघिसकेको छ । यसैगरी नेपाल विश्वको जनसंख्याको ४९औँ स्थानमा रहेको छ । नेपालको औसत आयु ७१ दशमलव ७४ रहेको छ । प्रतिहजारमा २३ दशमलव ४ जना शिशु मृत्युदर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू