अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि सम्बन्धित निकायलाइ प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७७ असार २७ गते ६:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरो तथा अब आउन सक्ने महामारी तथा सर्पजन्य समस्यासँग जुध्नका लागि सम्बन्धित मन्त्रालय तथा निकायको तयारीबारे जानकारी लिनुभएको परिषदका सदस्य–सचिव अनिल पोखरेलले जानकारी दिनुभयो । प्रधान्मन्त्रीले जोखिम कम गर्ने उपाय, उद्धार तथा राहत एवम् पुर्नस्थापनालाई पनि केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले उद्धार, राहत तथा पुर्नस्थापनाको काममा बजेट अभाव भएमा तत्काल थप बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिनुभएको छ । यस्तै उद्धारका कार्यमा हेलिकप्टरको प्रयोग तथा हेलिकप्टर जान प्रतिकुल रहेको अवस्थामा सम्भावित अरु प्रविधिको खोजी तथा प्रयोगमा जोड दिनुभएको छ ।

ओलीले उद्धार तथा राहतमा खटिने नेपाली सेना तथा सशस्त्र प्रहरी, नेपाल प्रहरीका उद्धारकर्मीको सुरक्षामा पनि विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । संघ, प्रदेश, स्थानीय तह तथा निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा विपदविरुद्धको कार्य सचालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको सदस्य सचिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू