अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

जाजरकोटमा पहिरोमा पुरिएका ४ जनाको शब फेला पर्यो, वेपत्ता ८ जनाको खोजीकार्य जारी

बिआरटीनेपाल २०७७ असार २६ गते ६:५६ मा प्रकाशित

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की गाउँमा गए राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट– ४ का ५२ बर्षका गोपाल सार्की , ११ वर्षका अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षका डिल्ली सार्की र १८ वर्षका विरेन्द्र सार्कीको शव फेला परेको हो ।

उनीहरु गाउँमा पाहुना बस्न गएका थिए । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ विहानै खटिएको र घटनास्थलमा पुगेको भए पनि सम्पर्क हुन नसकेको बताउनुभयो । सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खवर आउन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू