अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

म्याग्दीमा पहिरोमा परी ९ जना वेपत्ता, ५ घर पुरिए

बिआरटीनेपाल २०७७ असार २५ गते २३:५९ मा प्रकाशित

अविरल वर्षासँगै खसेको पहिरोमा परी म्याग्दीमा पाँच घर पुरिदा ९ जना बेपत्ता भएका छन् । पहिरोका कारण एउटा बेलिब्रिजसमेत भत्किएको छ । धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित ४ घर पुरिएका छन् । पहिरोमा भीमबहादुरको परिवारका ४ र धनबहादुरको परिवारका ३ जना बेपत्ता छन् ।

यसैगरी, मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले स्थानिय शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ । पहिरोले घन्टीवाङको माथिल्लो खण्डमा १३ र तल्लो खण्ड रिखाका ४ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको र मानवीय क्षतिको जानकारी आए पनि संख्या यकिन भइनसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू