अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

सरिता गिरीबारे मोहना अन्सारीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगकै आपत्ति

बिआरटीनेपाल २०७७ असार २५ गते ७:१६ मा प्रकाशित

नेपालको नयाँ नक्साविरुद्ध संसदमा संशोधन प्रस्ताव दर्ता गराएका कारण कारबाहीमा परेकी जनता समाजवादी पार्टीकी सरिता गिरीबारे आफ्नै सदस्य मोहना अन्सारीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ ।

अन्सारीले यही असार २३ गते ट्विटरमा तत्कालीन सांसद गिरीलाई कारबाही गरिएकामा खेदजनक भन्दै आपत्ति प्रकट गर्नुभएको थियो । सोही अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरी अन्सारीलाई जथाभावी नबोल्न सतर्क गराउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ– “दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू