अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

धार्मिक ग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ

बिआरटीनेपाल २०७७ असार २५ गते ७:१४ मा प्रकाशित

प्रहरीले विभिन्न बहानामा ठगि गर्ने योजनामा हिडेका ६ जनालाई पक्राउ गरेको छ । सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका ४ का गेहेन्द्रसिंह आत्रेय, काभ्रे पाँचखालका जनक गिरी, ओखलढुंगा भञ्ज्याङ गाउँपालिकाका सुवासकुमार बस्नेत, ओखलढुंगाकै सुनकोसी गाउँपालिकाका हरिबहादुर लामिछाने, काठमाडौ तार्केश्वर नगरपालिकाका राजेन्द्रबहादुर जोशी,नुवाकोटको ककनी गाउँपालिकाका रोशन तामाङ रहेका छन् ।

प्रहरीले उनीहरु साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थको १६ पाना पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू