अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको ९२ हजार ४ सय रुपैया कायम

बिआरटीनेपाल २०७७ असार २५ गते २:४२ मा प्रकाशित

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् । कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू