अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

सुनको मूल्य फेरि बढ्यो

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२६ मा प्रकाशित

केही समयदेखि उतारचढाव भइरहेको सुनको मूल्य फेरि बढेको छ । नेपाली बजारमा मंगलबार छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर थियो । सोमबार घटेर प्रतितोला ९० हजार दुई सयमा कारोबार भएको सुन मंगलबार बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू