अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

मेलम्ची खानेपानी आयोजनामा अवरोध

बिआरटीनेपाल २०७७ असार २० गते ७:२० मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्थानीय सप्लायर्स तथा मजदुरले आफ्नो माग सुनुवाइ नभएको भन्दै आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले गत भदौ सात गते सचिव र आन्दोलनकारी बीचको पाँच वुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आयोजना निर्माण सामग्री ढुवानी गर्ने यातायातको साधन सञ्चालनमा रोक लगाउने बताएका छन् ।

पिडितको माग अझै सम्वोधन नभएपछि थप कदम चाल्नु परेको मेलम्ची खानेपानी आयोजना सिएमसी पीडित संघर्ष समिति संयोजक विष्णुमणी आचार्यले बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव माधव वेलवासेको बेइमानीका कारण पीडित आन्दोलनमा जान वाध्य बनाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले पूर्व सहमति अनुसार प्राविधिक समितिको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ । त्यस्तै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र खानेपानी विकास समितिका रामप्रसाद खरेल सदस्य सचिव रहेको कार्यादलको प्रतिवेदनलाई अवज्ञा गरेको आचार्यको ठहर छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर दुइका सांसद शेरबहादुर तामाङको पटक–पटकको पहललाई समेत वेवास्ता गरिएको उहाँले बताउनुभयो । पीडितले पाउनुपर्ने बाँकी रकम भुक्तानी सुनिश्चित नहुँदासम्म आन्दोलन शान्तीपूर्ण जारी रहने मेलम्ची आयोजना सिएमसी पीडित संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू