अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

काठमाण्डौंको ढलमा कोभिड–१९ को भाइरस फेला

बिआरटीनेपाल २०७७ असार २० गते ७:१६ मा प्रकाशित

काठमाण्डौंकोे ढलमा कोभिड–१९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका चार ठाउँका ढलको नमुना परीक्षण गर्दा दुइ ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको हो । सेन्टर फर मलिकुलर डायनामिक्स सिएमडिएन नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स दुइ’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । अध्ययनले उपत्यकामा समुदायमा सङ्क्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका प्रमुख डाक्टर दिवेस कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य देशका अध्ययनले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स दुइ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ ।

जस अनुसार केही देशमा यस्ता अध्ययन भइसकेका छन् । नेपालमा पनि त्यसै आधारमा अध्ययन गरिएको हो । यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्यको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू