अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

शेयर बजारमा आज पनि ६ प्रतिशतको उछाल, तीन पटक सर्किट ब्रेक

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५५ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्सेमा आज पनि उछाल आएको छ । हिजोजस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५ दशमलव ७७ अङ्क ( ६ दशमलव १) प्रतिशतले बढेर १३ सय ३६ दशमलव ५२ बिन्दुमा पुगेको छ ।बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो, ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।

आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।

525942313

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू