अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

सलहदेखि नआत्तिन र सतर्क रहन मन्त्री भुषालको आग्रह

बिआरटीनेपाल २०७७ असार १४ गते २३:०६ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले सिन्धुली लगाएतका देशका विभिन्न जिल्लाहरुमा सलह किरा प्रवेश गरेको बताउदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले वारा, पर्सा र रौतहट, सर्लाही र कपिलवस्तु जिल्लामा देखिएको सलह किरा पहाडी जिल्ला सिन्धुली र काभ्रेबाट अगाडि बढिरहेको बताउनुभयोे ।

मन्त्री घनश्याम भुसालले सलहदेखि नआत्तिन र सतर्कका साथ कृषि पेशामा क्रियाशिल रहन किसानहरुलाई आग्रह गर्नुभयो । नेपालमा सलह प्रवेश गर्न नसक्ने अनुमान गरिएता पनि हावाको बहावका कारण यो किरा नेपाल भित्रिएको र यसले पार्ने असर अहिले नै अनुमान गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा मन्त्री धनश्याम भुसालले संरक्षित कृषि, समुन्नत विकास को अवधारणाबाट कृषिको विकास गरिने बताउनु हुदै संरक्षित क्षेत्रका रुपमा कृषिलाई अगाडि बढाउने गरि मन्त्रालयले योजना बनाएको बताउनुभयो । तीन वर्षमा नेपाललाई खाद्यान्न, दुध, माछा, मासु र तरकारी उत्पादनमा आत्म निर्भर बनाई सबै नागरिकले प्रयाप्त, पोसिलो र गुणस्तरीय खाना खान पाउने वातावरण बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू