अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप, मानवीय परीक्षण सफल

बिआरटीनेपाल २०७७ असार १४ गते २२:५९ मा प्रकाशित

आइतबार चीनले कोरोना भाइरस (कोभिड (१९ ) विरुद्ध नयाँ खोपको विकास गरेको दाबी गरेको छ। यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको र सुरक्षित देखिएको चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले जानकारी दिएको हो । रिपोर्टमा उल्लेख गरिए अनुसार यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ ।

अनुसन्धानकर्ताहरुले यसले कोरोना विरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ। त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइन्छ। रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू