अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

बिआरटीनेपाल २०७७ असार १४ गते २२:५८ मा प्रकाशित

सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको बताईएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको जानकारी दिनुभएको छ । घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको उहाँले बताउनुभयो । तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणी पोखरेलले भने घटनाबारे बुझ्ने काम भइरहेको बताउनुभयो । घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बासिन्दाले बताएका छन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको स्थानीयको दाबी छ । अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताएका छन् । उहााका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू