अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

नेपालमा थप १० अस्पताललाई पीसीआर परीक्षणको अनुमति

बिआरटीनेपाल २०७७ असार १२ गते ६:५७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएको छ । अनुमति दिएसँगै अब देशभर ३३ स्थानमा परीक्षण हुने भएको छ ।

यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । प्रयोगशाला सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गर्दै मन्त्रालका डा. गुणराज लोहनीले शुक्रबार थप १० अस्पताललाई आरटी पीसीआर स्वाब परीक्षणको अनुमति दिइएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय शुक्रबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू