अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या २७ पुग्यो

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४१ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू